काठमाडौं । मोटर हेड ब्राण्डका बाइकको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘महा चाड महा बचत’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहार र छठलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
यस प्रालिले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्लर सेग्मेन्ट अन्तर्गतका बाइकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । प्रालिले धोबिघाट स्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ । यसका साथै उपत्यका बाहिर हाल प्रमुख सहरहरू जस्तै इटहरी, हेटौँडा, बुटवल, पोखरा, बाग्लुङ्ग, बिर्तामोड र कावासोतीमा र विकट बजार जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री वितरण गर्दै आएका छन् ।
कम्पनीले यस अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेका छन् । जसमा २५ हजार रुपैयाँदेखि एक लाखसम्म छुटको अफर सार्वजनिक गरेका छन् । यसको बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ । यो अफर १० भदौदेखि लागू भई छठसम्म कायम रहने छ ।
FACEBOOK COMMENTS