कलैया । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ ।
८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता र ८ सय ६ वटा उद्योग नवीकरण गर्दा कूल १ करोड ३४ लाख ३५ हजार सात सय ३० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए ।
गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ९ पसल० एक सय ६१ समेत गरी २ सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा ८ सय ९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ ।
हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।
FACEBOOK COMMENTS