१३ ठेकेदार कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने
कर्पोरट खबर
10:45 am, मंगलबार, भदौ १९, २०८०
काठमाडौं । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गद १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा ३ निर्माण कम्पनीलाई २ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
FACEBOOK COMMENTS