काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको बताइएको छ । रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।
FACEBOOK COMMENTS