काठमाडौँ । यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ। लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्रान्ड एम्बेसडर चयन गरेको हो ।
कम्पनीले ब्रान्ड एम्बेसडरको रुपमा अभिनेत्री केकी अधिकारीलाई चयन गरिएको जानकारी दिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको हो ।
यशोदा फुड्स प्रा।लीले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ ।
सुपर प्रिमीयम सेगमेन्ट अन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन् ।
त्यसै गरी प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरिरहेको कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति भएको जनाएको छ ।
FACEBOOK COMMENTS