काठमाडौं, माघ १३- आज देशभरीको मौसम कदली रहनेछ । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।
उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविद् प्रधानाङगले जानकारी दिए ।
सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उनका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको उनले बताए ।
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ
FACEBOOK COMMENTS