काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ईः बीच चार बुँदे सहमति जुटेको छ ।
फुटपाथ व्यवसायीको पक्षमा महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका ईः बीच सहमति जुटेको हो ।
मंगलबार दुई पक्षबीच वार्ता भएर चार बुँदे सहमतिपत्र तयार भएको थियो । सहमतिको ४ नम्बर बुँदामा महानगर प्रमुख बालेन्द्र शाहले संशोधन गरेपछि त्यसलाई आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो ।
आज भएको वार्तामा चौथो बुँदालाई संशोधन गरेर सहमति जुटाइएको हो ।
FACEBOOK COMMENTS