काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रम बोल्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसहितको बलियो संयन्त्र बनाउने जानकारी गराएका हुन् ।
‘यसले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न राम्रो पहल हुने विश्वास व्यक्त गरेका छन् , उनले भने अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र बनाएर ‘रेडिकल रिफर्म’ गर्नुपर्छ, टालटुले नीतिले अहिलेको समस्या समाधान हुँदैन,’ उनले भने । अहिले अर्थमन्त्री विदेश भ्रमणमा भएकाले स्वेदश फर्केपछि संयन्त्र बनाउने काम अघि बढ्ने उनले स्पष्ट पारे ।
सरकारले देशको आर्थिक अवस्थाका बारेमा गम्भीर छलफल गर्ने तयारी गरेको पनि उनले जानकारी गराए । निजी क्षेत्रलाई प्रोत्साहन गरेका देशको तीव्र आर्थिक विकास भएको र नेपाल अझै पनि देशकै कानुनको बन्दी भएको प्रधानमन्त्रीले उल्लेख गरे । अहिले बैंकमा थुप्रेको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउने वातावरण बनाउन आवश्यक रहेको उनको धारण छ । ‘अब र्याडिकल रिफर्म चाहिएको, यसका लागि निजी क्षेत्र, सरकारी निकाय र विज्ञ बसेर निर्क्यौल निकाल्नुपर्छ,’ प्रचण्डले भने ।
FACEBOOK COMMENTS