काठमाडौं । ह्वावे कनेक्ट २०२३ सँगैह्वावेको एभियसन र रेल बियूले तीनवटा विश्वव्यापीशिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ । ह्वावेले उद्योगकाग्राहक, नेतृत्वकर्ता, प्राविधिकविशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागिआफ्नाउत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो । अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्नप्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुलाप्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थपविकास गरेको छ ।
ह्वावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थितप्रयास हो । चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमाव्यापकबौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ ।सिडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिनबिनकाअनुसार उनको कम्पनीले ह्वावेको उच्चप्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगकालागिउन्नतएल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।
हवाईअड्डा सञ्चालनकालागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक–समय (रियल टाइम) स्थितिसाथै तत्काल चेतावनी समेत दिने गर्दछ । तिनीहरूले आवश्यकताअनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन् । यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७प्रतिशतले समयको बचत समेत गराउँछ । त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेशन कमाण्ड प्राप्त गरेको छ ।
विकसितप्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् । ह्वावेकाउपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सीईओ लीजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएकाथिए । उनले जीएसएम– आर बिस्तारै बजारबाट बाहिर निस्कने क्रममा रहेकोरेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च–गुणस्तरको विकास कायम राख्नअर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए । साथै उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवादिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने बारे कामगरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामाउल्लेखनीयउपलब्धिहरू हासिल गरेको बताए ।
उदाहरणका लागि, ह्वावेले स्मार्ट रेलवे टिएफडिएस समाधानविकास गर्न हुइटिए टेक्नोलोजीसँगमिलेर ३ बिलियनप्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गर्छ । यी समाधानहरुले सबै टिएफडिएस परिदृश्यहरू समेट्छ र यसले ६७ सवारी साधनका ४३० प्रकारका त्रुटी पहिचान गरेर त्रुटी पहिचानको दर ९९.३ प्रतिशतपुर्याएको छ । यसले गम्भीर गल्तीहरूको पहिचानकालागिशून्य निरीक्षण सुनिश्चितगर्दछ र परिचालनदक्षतालाई तीन गुणा बढाउँछ । उनले भने– ’ह्वावेले हाम्रा साझेदारहरूसँग एआइअन्वेषण गर्न सही परिदृश्यको लागि सहीप्रविधिखोज्न र अन्ततःव्यापार सफलतामा योगदान पु¥याउनेछ ।’
FACEBOOK COMMENTS