काठमाडौं,माघ १७- बुटवलमा नवौं संस्करणको क्यान इन्फोटेक आजदेखी शुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासंघ रुपन्देहीको आयोजनामा सूचना तथा सञ्चार प्रविधि मेला ९क्यान इन्फोटेक० आजदेखी बुटवलमा शुरु भएको हो।।
बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालित मेलाको प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजना हुँदैछ । मेलाको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशको विकास र समृद्धिमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यससँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए । सूचना प्रविधिमा नयाँ नयाँ आविष्कार गरेर नै विश्वका थुप्रै मुलुकहरु विकसित र समृद्ध भएको औंल्याउँदै मन्त्री बरालले प्रदेश सरकार यस क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासंघका केन्द्रीय अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए । उनले सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उतपादन, नयाँ खोज र अनुसन्धानमा क्यान महासंघ तीनै तहका सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय १० स्टलहरुको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेली कम्युनिकेशनस, बैंक, आईसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयर सँग सम्बन्धित स्टलहरु छ ।
FACEBOOK COMMENTS