विराटनगर । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको छ ।
केएफसी र पिज्जा हट, खान पिनको क्षेत्रमा सबैभन्दा लोकप्रिय दुई नामहरू द सेन्चुरियन मल विराटनगरमा कार्तिक १ गते आफ्नो नयाँ रेस्टुरेन्टको उद्घाटन गर्दैछन् ।
देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. नेपालमा यी रेस्टुरेन्टहरूको लागि इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो । यो विराटनगरको पहिलो केएफसी र नेपालमै १७ औँ भएको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.को व्यापार व्यवस्थापक नीति बस्नेतले बताईन् । त्यसैगरी कोशी प्रदेश मा यो पहिलो पिज्जा हट र समग्र नेपालमा पाँचौं भएको बताईन् । विराटनगरमा यो स्थल पिज्जा र चिकेन् प्रेमीहरूको लागि परम गन्तव्य बन्ने देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.को दाबी रहेको छ ।
विराटनगरको मुटुमा रहेको द सेन्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने वाचा गरेका छन् । हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछन् ।
यसैबीच, नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यंजनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउनेछ । पिज्जा प्रेमिहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकुलन गर्ने विकल्प पनि राखिएको छ ।
केएफसी र पिज्जा हट ले स्वादिष्ट खाना र स्थानीय समुदायसँग यो उपलब्धि मनाउने अवसरले भरिएको वातावरणको वाचा गर्दै विशेष अफर र प्रमोशनहरूपनि हुने छ ।
विराटनगरमा रहेको केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने बाचा गर्दै विराटनगरमा केएफसी र पिज्जा हटको भव्य उद्घाटनलाई नछुटाउन केएफसी र पिज्जाहटले अनुरोध समेत गरेका छन् । जहाँ पिज्जा र चिकेन प्रेमीहरू एकैसाथ एक उत्कृष्ट भोजनको अनुभव लिन सक्छन् ।
FACEBOOK COMMENTS