काठमाडौं, माघ १९- अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ ।
उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको हो ।
आईतबार विहान उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको अज्ञात समूहले गोली हानेर हत्या गरेको हो । उनिसँगै सँगै मर्निङ वाकमा गएका आशीष श्रीवास्तव पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आइतबार बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए ।
हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक मोटरसाइकलमा आएका केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरेका थिए, उनको बचाउमा आएका उनका भाइलाईपनि गोली लागेको छ ।’
रणजितको शवलाई पोष्टमार्टमकालागि अस्पताल लगिएको छ । मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
FACEBOOK COMMENTS