गोरखा । सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला गोरखाको आरूघाट गाउँपालिकाको स्थानीयलाई भने धान भित्र्याउने चटारोले छोडेको छैन। उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन्, धान काट्छन, दिउँसो धान चुटेर भित्र्याउँछन। राति अबेर पछि मात्रै घर फर्कन्छन्।
दसैं एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दसैंमा अधिकांश किसानलाई धान भित्र्याउन ठिक्क छ।
आरूघाट गाउँपालिका वडा नम्बर ९ आरूटारका ललित नेपालीले यो पटक कामको चटारोका कारण दसैं मनाए जस्तो अनुभव हुन नसकेको बताउँछन। उनले भने, टीका त हामी किसानको लागि १ दिन हो । अरू दिन त सधैं काममा नै वेस्त हुने हो ।
दसैंमा सँगै बस्ने पिङ खेल्ने, साथी संङ्गी बसेर रमाइलो गर्ने र ठुला मान्यजनबाट आर्शिवाद लिने गरिएको भएपनि यहाँ धान भित्र्याउने कामले कसैलाई फुर्सद छैन।
टिकाको दिनमा एक दुई घण्टा फुर्सद हुने गरेकोमा दिनभर काममै व्यस्त हुने गरेको उनले बताए। यहाँका स्थानीय दसैं मनाउने भन्दा पनि काम कहिल सकाउने भन्ने चिन्तामा छन।
यो सिजन धान, कोदो भित्र्याउने समय हो ।
FACEBOOK COMMENTS