ललितपुर । फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो ।
नेपालमा पहिलो पटक क्युआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी–मैत्री प्रणालीको विकास सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।
नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे अगाडि रहेको देखिन्छ ।
फोनपेका सीईओ दिवास कुमारले यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा रहेको बताए । नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको उनको भनाई छ । एकै दिनमा १० अर्ब भन्दा बढी कारोबारहरू सेटल गर्ने आफ्नो विशाल क्षमताको माध्यमबाट कम्पनीले नेपालको डिजिटल भुक्तानी रूपान्तरणमा ठूलो प्रभाव पारेको उनले बताए ।
FACEBOOK COMMENTS