काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित ४.२१ प्रतिशत दिने भनेको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ । सभाका लागि भन्दै बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कात्तिक २० गतेसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS