काठमाडौं,माघ २४- महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५४.३५ प्रतिशतले नाफा बढाएर ३० करोड ५० लाख पुर्याएको छ ।
गत वर्ष बैंकले १९ करोड ७६ लाख ४६ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । पुस मसान्तसम्म वितरणयोग्य नाफा पनि २१ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी पनि २७.८३ प्रतिशतले बढाएर ८० करोड ४१ लाख रुपैयाँ पुर्याएको छ ।
सञ्चालन नाफा पनि ६२.९६ प्रतिशतले बढाउन महालक्ष्मी सफल भएको छ । गत वर्ष २६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको बैंकले अहिले बढाएर ४२ करोड ७० लाख पुर्याएको छ । बैंकले पुस मसान्तसम्ममा ३५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १८ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष ४.४१ रहेको महालक्ष्मीको खराब कर्जा अहिले घटेर २.७६ मा आइपुगेको छ । चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १९.८६ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS