काठमाडौँ । ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ ।
नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेकोले ती क्षेत्रमा सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीले बताएको हो ।
“काठमाडौं उपत्यकाको तीनकुने र बल्खु क्षेत्रमा आज विभिन्न कार्यक्रम हुने भएका छन् । जसकारण कार्यक्रमस्थल आसपासको क्षेत्रमा हुन सक्ने सवारी आवागमनको असहजतालाई मध्यनजर गरी अत्यावश्यक कामका लागि मात्र सवारीसाधन लिएर आवातजावत गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ,” ट्राफिक प्रहरीले भनेको छ ।
अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । सवारीसाधनको संख्या बढेका कारण नागढुंगा नाका हुँदै उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।
FACEBOOK COMMENTS