काठमाडौं । काठमाडौं उपत्यकामा आज सुरक्षा व्यवस्था कडा पारिएको छ । दुवै समूहले काठमाडौंमा गर्ने भनिएको कार्यक्रमलाई ध्यानमा राखेर सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । दुई समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बिहीबारको प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।
प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ ।यस्तै, सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी संगठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भएका छन् ।
काठमाडौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौं उपत्यका छिर्न नदिन एवं शंकास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS