काठमाडौं । अबदेखि पैदलयात्री आफैंले स्वीच थिचेर बाटो काट्न सकिने भएको छ ।
त्यसका लागि आजदेखि काठमाडौंको बबरमहलमा जडान गरिएको ‘पेलिकन लाइट’ सञ्चालनमा आएको छ ।
पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्ने र गाडी रोकिने अनि यात्रुले बाटो पार गर्न पाउने बताइएको छ ।
काठमाडौं महानगरले काठमाडौंका विभिन्न ३६ वटा विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको बताइएको छ ।
हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS