काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौंका चक्रपथलगायत अन्य विभिन्न रूटहरूमा पनि द्रुत बस सेवा सञ्चालन गरिने बताएका छन् ।
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यबिनायकसम्म कहिलेकाहीँ सञ्चालन हुँदै आएको द्रुत बस सेवाको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले अन्य रूटमा पनि द्रुत बस सेवा सञ्चालन गरिने बताएका हुन् ।
उनले भक्तपुरको सूर्यबिनायकदेखि जडिबुटीसम्म सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।
गत असोज ३ गतेदेखि सुरू भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सन्चालनमा छन् । हाल यी बसहरु पिक आवर बिहान र बेलुका सञ्चालनमा छन् । तर, यसअघि नै यो सेवा एकपटक बन्द भइसकेको छ । दोस्रोपटक केही दिन अघिदेखि सुरू गरिएको हो ।
सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्धव प्रसाद रिजालको उपस्थिति थियो ।
FACEBOOK COMMENTS