काठमाडौं । बीआईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रालिले देशका मुख्य–मुख्य स्थानमा ११ स्थानमा डीसी फास्ट चार्जर जडान गरेको छ ।
नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको कम्पनीले जनाएको छ ।
यी चार्जरहरूमध्ये स्थानका चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित रहेको कम्पनीको भनाइ छ ।
पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको कम्पनीले जनाएको छ । यी चर्जिङ्ग पूर्वाधारहरूको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दीगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको बताइएको छ ।
चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन् भन्नेबारे कम्पनीको वेबसाइटबाट विस्तृत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।
बीवाईडी अटो इन्डष्ट्रिजले भूकम्पीडितको नाममा किन गर्यो यस्तो खेती ?
बीवाईडी ब्राण्डका गाडीको एम्बासडरमा वरिष्ठ कलाकार आचार्य नियुक्त
FACEBOOK COMMENTS