काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब १० कित्ते नीति हटाउने भएको छ । १० कित्ते नीति हटाउन भन्दै अध्ययन समिति नै बनाएको छ ।
रमेश हमाल बोर्डको अध्यक्ष भएदेखि नै बजारमा १० कित्ते नीति हटाउने भन्दै आएका थिए । उनले आफु जानु अगाडि १० कित्ते नीति हटाउन भन्दै अध्ययन गर्न समिति बनाइएको छ । गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ते नीति पुनरावलोकन गर्न भन्दै समिति बनाउने निर्णय गरेको छ ।
धितोपत्र बोर्डका सदस्य तथा आईक्यानका उपाध्यक्ष प्रविन कुमार झाको संयोजकत्वमा समिति बनेको छ । समितिमा बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगानाका साथै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी रहेका छन् ।
समितिले दिएको प्रतिवेदनका आधारमा हाल आईपीओमा रहेको १० कित्ते नीति पुनरावलोकन हुने बोर्डले जनाएको छ । समितिले सूचीकृत कम्पनीलाई १० प्रतिशत सेयर आईपीओ निष्काशन गर्न पाउने व्यवस्थामा पनि अध्ययन गरेर पुनरावलोकन गर्ने भएको छ । हाल आईपीओ निष्काशनमा जाने सबै कम्पनीले १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
अब सानो कम्पनीको १० प्रतिशतबाट बढ्ने तथा ठूला कम्पनीको यथावत रहन सक्ने स्रोतको भनाइ छ । यसैगरी १० प्रतिशतलाई ३० प्रतिशतसम्म पुर्याउन सकिने व्यवस्था गर्न लागेको बोर्डले बताएको छ ।
FACEBOOK COMMENTS