काठमाडौं । हिमालयन रिइस्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले ३ करोड कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमा ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको छ भने ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन मिल्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ११ गतेसम्म आवेदन दिन मिल्नेछ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS