काठमाडौं । आज सुनको मुल्य वृद्धि भएको छ । बिहिबार एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको सुन आज पनि उकालो लागेको हो। आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० रुपैयाँका कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।