काठमाडौं । साताको पहिलो दिन नै सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS