काठमाडौँ । कुवेतका अमिरको निधन भएको छ । अमिरको निधनमा नेपाल सरकारले शोक मनाउने निर्णय गरेको छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा सोमबार शोक मनाउने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको हो ।
FACEBOOK COMMENTS