काठमाडौं । एनआईसी एशिया लघुवितको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् ।
पौष १ गते बसेको लघुवितको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको उनी नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।
FACEBOOK COMMENTS