काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से परिसूचकमा उत्साहजनक वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ३८ दशमलव १४ प्रतिशतले बढेर नेप्से परिसूचक दुई हजार ६० दशमलव ४९ विन्दुमा उक्लिएको छ ।
यस दिन ३०५ धितोपत्रको दुई करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर एक लाख १३ हजार ६९३ पटक कारोबार हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, सूर्यज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त, र हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ ।
यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धवलागिरी लघुवित्त र मेरो माइक्रोफाइनान्सलगायत केही कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, हिमालयन पावर पाटनर्स सात दशमलव ८६, डोल्टी पावर कम्पनी छ दशमलव ५७, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ३९, मोदी इनर्जी चार दशमलव ६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।
सोनापुर मिनरल्स रू २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल रू १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट रू १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट रू १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
FACEBOOK COMMENTS