काठमाडौं । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा धर्मबारे विवादिन अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
धर्म निरपेक्ष देशका मन्त्री तथा अभिभावकीय भूमिकामा रहेका व्यक्तिले कुनै धर्मलाई प्रोत्साहन र कुनै धर्मलाई निरुत्साहित गर्नेगरी दिएको उनको अभिव्यक्तिलाई लिएर उनको राजीनामा समेत माग भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार ट्विट गर्दै भनेका थिए– संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाबिपरीतको र अत्यन्तै खेदजनक छ । यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।
यस्तै, आज पूर्वगृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता डा. भीम रावलले पनि मन्त्री किरातीको अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् । उनले ट्विटर (एक्स)मा लेख्दै भनेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न: के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’
संस्कृतिमन्त्रीको अभिव्यक्तिमाथि रवि लामिछानेको टिप्पणी : उहाँलाई पदमा बसिरहने अधिकार छैन
धर्मबारे सुदन किरातीपछि सांसद एकनाथ ढकालले के भने ?
FACEBOOK COMMENTS