काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपाल (एयसएन) को उपस्थितिमा बीमा कम्पनीहरुको एक्चुरियल कार्य सम्बन्धी एक दिनर्को एक्चुअरीज फर टुमरो’ शिर्षकमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरुलाई बीमाङ्की तथा अन्य बीमा सम्बन्धी प्रावधिक कार्यहरु अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो ।
नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्न जस्ता अन्य प्राविधिक कार्यहरु गर्नको लागि कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरु भएमा प्रभावकारी हुने र भोलिको दिनमा रिस्क वेस्ट क्यापिटल, आईएफआरएस १७ जस्ता अन्य कार्यक्रमहरु कम्पनीमा संचालन गर्नको लागि एक्चुिरयल सम्बन्धी कर्मचारीहरु कम्पनी भित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए ।
सो कार्यक्रममा हसन वोद्रिनो स्कटले अन्तराट्रिय बीमा कम्पनीहरुमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरु सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरुमा रिस्क वेस्ट क्यापिटल, आईएफआरएस जस्ता कार्यक्रमहरु कार्यन्वयन गर्दा देखिएको चुनौतिहरु तथा अनुभवको बारेमा जानकारी दिए । सो कार्यक्रमको विशेष अतिथिको रुपमा बीमा प्राधिकरणका निर्देशक पुजन ढुगेल, सुसिल सुवेदी र बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाको उपस्थिति थियो ।
सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमानै एक्चुरीहरुको विकास भएमा मात्रै बीमा क्षेत्रको विकाश हुने र सोे विकाशको लागि कम्पनीबाट सक्दो सहयोग गरिने बताए ।
FACEBOOK COMMENTS