काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीन बर्षका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स को तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका २, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।
यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण डिम्याट कन्र्फमेसन प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।
FACEBOOK COMMENTS