काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु अनुचित भएको बताएको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे आज सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताएका हुन् ।
अहिले थप बिलको मात्र विवाद भएको भन्दै उनले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए । उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् । यस विवादमा सरकारले समाधानको पहल गर्न नसकेको गुनासो समेत उनले गरे ।
डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न महासंघको माग
बिजुली काटिएको उद्योगको लाइन जोड्न र थप उद्योगमा नकाट्न महासंघको आग्रह
FACEBOOK COMMENTS