काठमाडौं । महसुल भुक्तानी गर्न बाँकी उद्योगहरूको विद्युत् लाइन काट्न उद्दत रहेको नेपाल विद्युत् प्राधिकरणले दूरसञ्चार सेवाप्रदायक एनसेलका ६ वटा टावरमा पनि लाइन काटेको छ ।
प्राधिकरणले आज शुक्रबार सिमभन्ज्याङ, कुलेखानी, देउराली, सल्ले, फाखेल मार्खु र कुन्छालमा रहेका एनसेल टावरको लाइन काटेको हो । ती टावरमा प्रयोग भएको विद्युतबापतको महसुल कम्पनीले तीन महिनादेखि नतिरेको भन्दै लाइन काटिएको बताएको छ ।
पटक–पटक बक्यौता रकम बुझाउन ताकेता गर्दा पनि अटेर गरेपछि टावरको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा क्षेत्रमा एनसेलका १३ वटा टावर छन् । ती टावरहरूले ७ लाख ४३ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको पालुङ वितरण केन्द्रले जनाएको छ ।
‘डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ?’

‘डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ?’

FACEBOOK COMMENTS