काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल २४ घण्टा खुल्नु पर्ने बताएका छन् ।
शुक्रबार एक कार्यक्रमका बिच उनले सरकारले अब ठमेललाई २४ घण्टा खोली रातिको समयमा सपिङ्ग गर्न सक्ने वातावरण बनाउने पर्ने बताएका हुन् ।
उनले भने, ‘अब ठमेल २४ घण्टा खुल्नु पर्छ । यसको लागि पहल हामी सरकारसँग पहल गदैँ छौँ । रातिको समयमा ठमेलमा सपिङ्ग गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ । अनिमात्र ठमे विकास हुन्छ । राति ठमेल खोलेपछि ७,९ बजे सम्म फ्री भेक्ल जोन बनाएर अघि बढ्ने छौँ । ’
शर्माले यस वर्ष विगतको भन्दा फरक नयाँ वर्ष इर्भ हुने बताए । यस वर्ष अघिल्लो वर्ष झै ब्याड प्रफमेन्स नभइ कल्चलर कार्यक्रम हुने बताए ।
उनले थपे, ‘अहिले ठमेलमा पर्यटकहरुलाई कुना कुना बसेर खान सक्ने अवस्था छ । गल्ली गल्लीमा सिसि क्यामराले सुरक्षा दिइ रहेको छ । ’
अघिल्लो वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकको आगमन भएपनि यसपालि १ लाख ८० हजार स्वदेशी तथा विदेशी पर्यटक आउने अपेक्षा राखेको आयोजकले बताएको छ । यस्तै, कार्यक्रम गर्दा २० देखि २२ लाख खर्च हुने आयोजकले बताए ।
FACEBOOK COMMENTS