काठमाडौं । पोखरा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो ।
विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानबिनसहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।
गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर, अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रूपमा कार्यभार सञ्चालनको जिम्मेवारी दिइएको छ ।
गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रूपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ-संकाय प्रमुखका रूपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहने छ।’ ऐनअनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् ।
गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिने उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS