काठमाडौं । आज नेपाल टेलिकम सहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आज नेपाल टेलिकम, लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास, महालक्ष्मी विकास, बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ६ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् ।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९ दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ ।
FACEBOOK COMMENTS