काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गर्न लागेको ३ वटा जहाजका लागि ३ वटा प्रस्ताव परेका छन् ।
निगमले दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खरिद गर्न लागेको ३ वटा साना जहाजको लागि ३ वटा प्रस्तावहरु परेको जनाएको छ ।
यी प्रस्तावहरु उपर अहिले मुल्यांकनको काम भइरहेको भन्दै निगमले चाँडै खरिद प्रक्रिया टुंगोमा पुग्ने जनाएको छ । जहाज खरिद नै गरिदैन भन्ने जस्ता तथ्यहीन र भ्रमपुर्ण प्रचारप्रती गम्भिर असहमति रहेको निगमले जनाएको छ ।
FACEBOOK COMMENTS