काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५ दशमलव ५६ कित्ता बोनस सेयस सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको २९ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS