काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४ दशमलव २५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ० दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
हाल कम्पनीको अधिकृत पूँजी ७ अर्ब र चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।
नियामक निकायले स्वीकृत प्रदान गरेपछि सेयरधनीमा लाभांश वितरण हुनेछ ।
FACEBOOK COMMENTS