काठमाडौं,फागुन १३ -नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलवार शिखर इन्स्योरेन्स कम्पनीको मुल्य समायोजन गरेको छ । कम्पनीकोे ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो।
नेप्सेले इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ५३.८५ रुपैयाँ कायम गरेको छ।मंगलबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।
नेप्सेले बुक क्लोजको दिन मुल्य समायोजन गर्ने गरेको छ । हिजो सोमबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ भने ३० प्रतिशत हकप्रदपछि । कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।
हकप्रद निष्काशन प्रयोजनाका लागि इन्स्योरेन्सले फागुन १३ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन १२ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।
FACEBOOK COMMENTS