काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाएको छ ।
महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइने जनाएको छ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे कर्पोरेट खबरसँग कुरा गर्दै भने, ‘हामीले विहानैदेखि पार्किङ हटाइ राखेका छौँ । हाम्रो प्रहरी बल विहानैदेखि खटिसकेको छ । अब न्युरोडमा सवारी आवात जावतमा सहज हुने छ । ’
उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकलगायत कालोपत्रे सबै सडकमा पार्किङ् निषेध गरिएको हो ।
यसअघि काठमाडौं महानगरले बागबजार, दरबारमार्ग जस्ता मूख्य व्यापारीक केन्द्रमा सवारी पाकिङ हटाइ सकेको छ ।
FACEBOOK COMMENTS