काठमाडौं । भारत विश्वको चौथो ठूलो शेयर बजार बनेको छ। हंगकंगलाई पछि पार्दै भारत सो स्थानमा पुगेको हो।
ब्लुमबर्गको तथ्यांक अनुसार, हंगकंगको बजार पूँजीकरण ४ दशमलव २९ ट्रिलियन छ जबकी भारतको बजार पूँजीकरण ४ दशमलव ३३ ट्रिलियन डलर पुगेको छ।
अहिले विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो। अमेरिकाको शेयर बजारको मार्केट क्याप ५० दशमलव ८६ ट्रिलियन डलर रहेको छ। त्यस्तै, ८ दशमलव ४४ ट्रिलियन पूँजीकरणसहित चीन दोस्रो स्थानमा छ भने ६ दशमलव ३६ ट्रिलियन भएको जापान तेस्रो स्थानमा छ।
FACEBOOK COMMENTS