काठमाडौं । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये ६ औं स्थानमा परेको छ । बुधबार दिउँसो काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको छ ।
आज सबैभन्दा धेरै प्रदुषित सहरको सुचिमा भारतको दिल्ली सहर परेको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३६१ पुगेको छ । दोस्रो नम्बरमा बंगलादेशको ढाका छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २५४ पुगेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।
५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।
FACEBOOK COMMENTS