काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले फागुन २ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको छ । त्यसको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
आवेदनकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । हकप्रद सेयरमा कुमारी क्यापिटल र कुमारी बैंकको तोकिएका शाखाबाट आवेदन दिन सकिनेछन् । यस्तै धितोपत्र बोर्डबाट आस्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS