काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९५ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ८४ दशमलव ०९ विन्दुमा पुगेको छ । आज ३ सय ४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव १८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २५ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २२ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS