काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिन पाउँदा आफूहरू गौरवान्वित भएको बताएका छन् ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको ब्राण्ड एम्बेसडर नियुक्त गरेपछि चलचित्र निर्माता तथा निमात्री समेत रहेका कलाकारद्वय गिरी र निरौलाले कम्पनीसँग जोडि पाएकोमा आफूहरू गौरवान्वित भएको अनुभूति भएको बताएका हुन् ।
कम्पनीले हिजो शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दीपकराज गिरी र दीपाश्री निरौलालाई कम्पनीको एम्बासडर (दूत) नियुक्त गरेको थियो । यससम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँल र कलाकारद्वय गिरी र निरौलाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरूमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरूको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
FACEBOOK COMMENTS