काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कागेश्वरी मनोहरा नगरपालिका(२ घर भई काठमाडौं महानगरपालिका २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS