काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १०४ दशमलव ७२ विन्दुमा पुगेको छ ।
आज ३ सय ११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २२ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०९ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS