काठमाडौं । यातायात व्यवस्था विभागको नेटवर्कमा समस्या आउँदा यातायात सेवा ठप भएको छ । काठमाडौंस्थित विभागको अनलाइन सिस्टमबाट देशभरका यातायात व्यवस्था कार्यालयमा प्रवाह हुने सेवा रोकिएको हो ।
विभागका सुचना अधिकारी इश्वरी दत्त पनेरुले यातायात व्यवस्था विभागमा जडित नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध भएको बताएका छन् ।
उनले भने, ‘यहाँको सर्भर र सिस्टम सबै ठीक छ । नेटवर्कमा समस्या आउँदा आधी घण्टा जती सेव दिन नसकेको भन्ने सुनेको छु । म अहिले मिटिङमा छु । सायदै नेटवर्कको समस्या समाधान भई सक्यो होला । ’
सुबिसुका अध्यक्ष सुधीर पराजुलीले मीनभवनस्थित यातायात कार्यलयको नेटवर्क साढै १२ बजे टुटेको बताए । ।
उनले भने, ‘ यातयात व्यवस्था विभागमा नेटवर्कमा समस्या आएको रहेछ । प्राइमरी लाइनमा समस्या आएको हो । हामीले सेकेन्डरीमा लाइन दिन खोज्दा लाइन गएको छैन् । त्यसैले हामीले प्राइमरी लाइन नै बनाउँदै छौँ । समाधानका लागि टोली त्यहाँ पुगी सकेको छ ।”
सवारीचालक अनुमतिपत्र लिनका लागि फारम बुझाउन र बायोमेट्रिक गराउन ११ बजेदेखि लाइन बसेका सेवाग्राही काम नभएपछि फर्किएका छन् । सर्भरको समस्या समाधान नभएको भन्दै ठूलो संख्यामा सेवा लिन लाइन बसेका सेवाग्राहीलाई फिर्ता पठाइएको छ ।
FACEBOOK COMMENTS