काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ९७ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज ३ सय १३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ८० प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS